‘मुख्यमन्त्रीलाई श्री ३ बनाउन खोजियाे’ कांग्रेस प्रमुख सचेतक कार्की (भिडियाे सहित)

विराटनगर । नेपाली कांग्रेस १ नं. प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ को बजेट भाषण र लिखितमा फरकफरक रहेको बताउँदै प्रदेश सरकारको विकास अधोगति तर्फ गएको बताएका छन् ।

शुक्रबार प्रदेशको संसदमा बोल्दै सचेतक कार्कीले यस वर्षको बजेटले शुरुमै आगो लगाउने काम गरेको पनि बताए । उनले नेकपाका नेताहरुका नाममा मात्रै बजेट समेटिएको जिकिर गर्दै सरकारको बजेट असफल भएको बताए ।

‘सरकारले ल्याएको बजेटको हिसाबकिताब सबैले गरिसक्यौं, मितव्ययितताको नाममा प्रदेश सरकारका मन्त्रीहरुले बैठक भत्ता नलिने भनेर भाषण गरिएको छ । सँगसँगै हामीलाई बाँडीएको रातो किताबमा पाना पानामा भत्ताहरु तोकिएको छ । हामीले पढ्न भ्याएनौं होला । तर, भाषण र लिखितमा फरक भएपछि यो बजेटको औचित्य के रहन्छ ?’ उनले संसदमा प्रश्न गरे ।

प्रमुख सचेतक कार्कीले सदनलाई एउटा कुरामा ढाँट्न सकिएपनि शब्दै पिच्छे ढाँट्दा सदनको अस्तित्व नै नरहने जिकिर गरे । उनले सरकार पटकपटक सदन प्रति गैरजिम्मेवार भएको ठोकूवा गरे । ‘यो सरकार सर्वहाराको होकी सर्वहारा माराको हो ?’ सांसद कार्कीले प्रश्न गरे ।

उनले १ नं. प्रदेशको यसपटकको बजेटले सर्वहारा बर्गलाई समेटन नसकेको तर्क गरे । भने, बजेटका कुनैपनि पानामा मजदुर वर्गहरुलाई समेटन नसकिएको दावि पनि गरेका छन् । ‘यो बजेटको पानापानामा मजदुरहरु छैनन्, जो मजदुर थिए उहाँहरु मन्त्री हुनुभयो ।’

उनले नभएको बजेटमा शिर्षक राखेर मुख्यमन्त्रीलाई श्री ३ बनाउन खोजिएको बताए । विपत् ब्यवस्थापन हुँदा हुँदै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र ल्याएको प्रति आलोचना गरे ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/makalukhabar/videos/1162945330719184/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *