६ लाख ५४ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

काठमाडौँ । काभ्रेबाट ६ लाख ५४ हजार रुपैयाँ सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

काभ्रेको बनेपा नगरपालिका–६ पाँचकुमारी पेट्रोल पम्प रहेको जनक तिमल्सिनाको घरबाट शुक्रवार राति ७ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय जनक तिमल्सिना, २८ वर्षीय विश्वराज तामाङ,३५ वर्षीय रामेश्वर के.सी., ४० वर्षीय अनिल थापा, ३४ वर्षीय भोला राय र ४२ वर्षीय किरण रञ्जितकार रहेका छन् । उनीहरूको साथबाट ६ लाख ५४ हजार पाँच सय रुपैयाँ र ४ वटा तास बुक तथा तास खेल्दाप्रयोग गरिएको एउटा तन्ना बरामद गरिएको छ ।

पक्राउ परेका सबै जनालाई कानुनबमोजिम प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *