बिपी प्रतिष्ठानको आइसोलेसनमा ७३ कोरोना सङ्क्रमितको उपचार हुँदै

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा आज थप एक कोरोना सङ्क्रमित भर्ना भएका छन् ।

आज थप एक कोरोना सङ्क्रमित भर्ना भएसँग प्रतिष्ठानमा ७३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार हालसम्म प्रतिष्ठानबाट कोरोना निको भई ११५ जना डिस्चार्ज भइसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *