१२ हजार घुस लिने निरीक्षक रायकाे जागिर चैट
२०७७ असार ७ गते

हेटौँडा । घुस लिएकाे आरोपमा एक प्रहरी निरीक्षक निलम्बनमा परेका छन् ।
भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय निलम्बनमा परेका हुन् । निरीक्षक राय ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेलगतै उनलाई निलम्बन गरिएकाे हाे ।
घटनाबारे थप अनुसन्धान समेत गरी निलम्बन गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
२०७७ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








