झुण्डिएको अवस्थामा देवर–भाउजुको शव फेला

काठमाडौँ । इलाममा झुण्डिएको अवस्थामा देवर र भाउजुको शव फेला परेको छ । इलाम माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।
शुक्रबार बिहान घरबाट निस्केका देवर–भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा उनीहरुको शव भेटिएको हो । उनीहरु सहोदर देवर–भाउजु हुन् । दुवै विवाहित हुन् । भाउजुको श्रीमान् रोजगारीका लागि विदेशमा छन् ।
घरदेखि करिब ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








