म्यानचेस्टर युनाइटेड र टोटनह्याम बराबरीमा रोकिए

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्याम बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेडले टोटनह्यामसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

स्टेभेन बेर्गविजनले खेलको २७औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएपनि खेलको अन्तिम समयमा फर्नान्डिसको पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका थिए र महत्वपूर्ण अंक दिलाएका थिए ।यो बराबरीपछि म्यानचेस्टर युनाइटेड ३० खेलमा ४६ अंकसहित पाँचौ स्थानमा छ भने टोटनह्याम ३० खेलमा ४२ अंकसहित आठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =