आज असार ६ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०६, २०७७ । ई.सं. 20 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । शनिवार आषाढ कृष्णपक्ष । तिथि चतुर्दशी, ११:३२ बजे उप्रान्त औंसी । नक्षत्र रोहिणी, १२:२० बजे उप्रान्त मृगशिरा । योग शूल, १५:२२ बजे उप्रान्त गण्ड । करण शकुनि ११:३२ बजेदेखि चतुष्पद, २३:४८ बजे उप्रान्त वव । चन्द्रराशि वृष । आनन्दादि योग श्रीवत्स । दिनमान ३४।३६ । सूर्योदय ०५:१० । सूर्यास्त १९:०१ । सर्वार्थसिद्धि योग १२:२० बजेसम्म । दर्शश्राद्ध । निशि बार्ने औंसी । सायन सूर्य कर्कट राशिमा २६:३४ बजे प्रवेश ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका साथी भाई र आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । रोकिएका काम पुनः सुरु हुन सक्छ । बौद्धिकताको विकास हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा गर्दा बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । नाममा हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *