अर्बोड स्टडी र वैदेशिक रोजगारी खुल्ला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अब उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी र बैदेशिक रोजगारीमा जानेलाई खुला गर्ने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो । भने, उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई पनि खुला गर्ने निर्णय गरेको छ ।

बैदेशिक रोजगारमा जानेका हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने भनिएको छ ।

संकट व्यवस्थापन केन्द्रको बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

यसैगरी विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रमलाई दिइएको छ । बैठकले कोरोना संक्रमितको संख्या दिनानुदिन बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत गरेको मन्त्री ज्ञवालीले बताए ।

यसैगरी देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेका नागरिकको दुई साताभित्र कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिइएको छ । भने, आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

सीसीएमसीले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि जनसमुदायलाई अपील गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *