यस्ताे छ नेपाली सेनाको जिम्मामा रहेको विराटनगर काेराेना होल्डिङ सेन्टरकाे अवस्था

विराटनगर । नेपाल–भारत सिमा नाका जोगबनी हुँदै नेपाल प्रवेश गरेका नेपाली नगारिकहरुलाई होल्डिङ सेन्टरमा राखिँदै आएको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरुलाई विराटनगरस्थित डिएभी स्कुलमा सञ्चालनमा आएको होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्लामा समन्वय गरी पठाईने गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको मातहतमा रहेको उक्त होल्डिङ क्षेत्रको जिम्मेवारी नेपाली सेनाले लिएको छ । उक्त होल्डिङ सेन्टरको कमाण्ड सुर्यदल गणका सहसेनानी खड्ग बहादुर निरौलाले गर्दै आईरहेका छन् । सिमा क्षेत्रबाट प्रवेश गरेका नेपाली नागरिक भारतबाट आएपछि होल्डिङ सेन्टरको व्यवस्थापनमा नेपाली सेनाले सहयोगीको भूमिका निर्वाह गरेका छन् ।

सीमा नाकाबाट प्रवेश गरेका नेपाली नागरिक होल्डिङ क्षेत्रमा आएपछि उनीहरुको ठेगानासहितको व्यक्तिगत विवरण नेपाली सेनाले तयार गरी जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पुर्याउन नेपाली सेना र जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गर्दै आईरहेको छ ।

सूर्य दल गणका सहसेनानी खडग बहादुर निरौलाका अनुसार डिएभी स्कुलमा रहेको होल्डिङ सेन्टरमा हालसम्म नेपाल–भारत सिमा नाका जोगबनी हुँदै आएका तीन सय ६५ महिला, १९ सय ९७ पुरुष गरी जम्मा २३ सय ६२ जना नेपाली नागरीकहरु नेपाल प्रवेश गरेका छन् ।

भने तीन सय ६१ महिला, १९ सय ६३ पुरुष गरी जम्मा २३ सय २४ जना नेपाली नागरीकहरु उक्त होल्डिङ सेन्टरबाट विभिन्न जिल्ला गएका छन् । ४ महिला ३४ पुरुष गरी जम्मा ३८ जना होल्डिङ सेन्टरमा बाँकी रहेका छन् ।

सरसफाईलाई प्राथमिकता
कोरोना भाईरसको कारण यो समय विश्व नै आतकिंत बनेको छ । यो रोगको एउटै मात्र उपचार सामाजिक दुरी र सरसफाई भएकाले होल्डिङ सेन्टरमा अधिकांश भारतबाट आएका नागरीकहरुलाई राखिने भएकाले भाइरस संक्रमणबाट जोगिन होल्डिङ सेन्टरको प्रवेशद्धारमा हात धुने स्थान बनाईएको छ ।

प्रवेश गर्ने गेटमा सेनिटाईजरको व्यवस्थापन गरिएको छ । होल्डिङ सेन्टर भित्र फोहोर हुन नदिन कर्मचारीद्धारा दैनिक बिहान सरसफाई गर्ने गरेको होल्डिङ सेन्टरका कमाण्डर सहसेनानी खड्ग बहादुर निरौलाले जानकारी दिए ।

निरौलाको अनुसार दैनिक सरसफाई गर्दा होल्डिङ सेन्टर परिसरमा क्लोरीन स्प्रे गर्ने, सेनिटाइजर स्प्रे गर्ने गरिएको छ । खाना खाने क्यान्टिङ परिसरमा बालबालिकामैत्री साबुन पानीले हात धुने ठाँउको व्यवस्थापन गरिएको छ । होल्डिङ सेन्टरमा रहने नागरीकहरुका लागि विराटनगर महानगरपालिकाद्धारा पिउने पानीको व्यवस्थापन गरिएको छ ।

होल्डिङ सेन्टरमा रहने नागरिकहरुलाई खानाको लागि बिहान नास्तामा चिया विस्कुटको व्यवस्थापन गरिएको र बिहान बेलुका सादा खाना साथै दिउसो खाजाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *