गण्डकी प्रदेशमा ५ स्वास्थ्यकर्मी सहित ३२ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ । आज पुष्टि भएका ३२ जना कोरोना संक्रमितसँगै गण्डकी प्रदेशमा ३८० जनामा कोरोना पोजेटिभ पुगेकाे हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङका १०, तनहुँका १७ र पर्वतका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बाग्लुङका १० जना मध्ये बाग्लुङ नगरपालिकाका ५ जना २५ देखि ५३ वर्षका पुरुष तथा ढोरपाटन नगरपालिकाका ४ जना १६ देखि ६० वर्षका पुरुष रहेका छन् । बाँकी एक जना ६० वर्षिय महिला रहेकी छन् ।

यसैगरी तनहुँका १७ जनामा घिरिङ गाउँपालिकाका १३ जना रहेका छन् । उनीहरु १९ देखि ५० वर्षका पुरुष रहेका छन् ।
बाँकी ३ जना सोहि गाउँपालिकाका महिला रहेका छन् । उनीहरु २४ देखि २९ वर्षका छन् ।

यसैगरी पर्वत कुश्मा नगरपालिकाका ५ जनामा पर्वत जिल्ला अस्पतालमा कार्यरत ३ महिला स्वास्थ्यकर्मी सहित २ पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उनीहरु सबै सम्बन्धीत पालिकाहरुको क्वारेन्टाइनमा रहेको र उनीहरुलाई जिल्ला हरुका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *