अन्तराष्ट्रिय वादोकप कराते प्रतियोगितामा नेपाल ९ स्वर्ण सहित चाैथाे स्थानमा

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हासिल गरेको छ । अन्तराष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिख देखी १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिष्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन “We are far but united”  भन्ने मूल नाराका साथ प्रतियोगितामा आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिष्पर्धामा सञ्चालन भएको थियो ।

जहाँ सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका छन् । यसको साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन् ।

रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् । कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दश दिने प्रतियोगितामा नेपाल सहित ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मारोक्को, बास्निया, इस्कोजिया, अलजेरिया, न्यूजरल्याण्ड र प्यालेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरु प्रतिष्पर्धामा उत्रिएका थिए ।

उक्त प्रतियोगितामा इन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *