नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं । बाँकेको कोहरपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उपचारका क्रममा बुधबार मृत्यु भएकी ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीको लम्कीचुवा नगरपालिका-२ की ४३ वर्षीया ती महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार ती महिलाको बुधकार बिहान ११ बजे मृत्यु भएको थियो । साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

मृतक शव सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो ।

यो पनि : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =