संस्कृति इन्टरनेशनल स्कुल र दया फाउन्डेशनबीच सहकार्य : सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण

काठमाडौँ । नेपालमा प्रगतिशील आधुनिक शैक्षिक प्रणाली प्रदान गर्न लागि परेको संस्कृति इन्टरनेशनल स्कुलले सामुदायिक विद्यालयका शिक्षहरुलाई प्रशिक्षण दिन दया फाउन्डेसनसँग साझेदारी गरेको छ । सरकारी विद्यालयका शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ संस्कृति स्कुलले दया फाउन्डेसनसँग साझेदारी गरी सार्वजनिक विद्यालयका शिक्षकहरूलाई ५ दिने अनलार्ईन प्रशिक्षण दिन सहयोग गरेको हो ।

संस्कृति स्कुलका शिक्षकहरूबाट सिक्न पाउँदा शिक्षकहरू निकै उत्साहित थिए र कसरी उचित उपकरणको प्रयोग गरेर अनलाइन कक्षा सञ्चालन गर्ने सम्बन्धमा जूम अनलाइन प्रशिक्षण सत्रद्वारा मन्त्रमुग्ध भए । यो प्रशिक्षणले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई अनलाइन शिक्षाबारे बुझ्न र आफै कक्षाहरू सुरु गर्न सक्ने विश्वास दिलाउन मद्दत पुर्‍यायो । यो तालिम निकै उपयोगी र प्रभावशाली पाइयो किनभने सार्वजनिक विद्यालयका शिक्षकहरूका लागि यो प्रशिक्षण समयको आवश्यकता हो ।

दया फाउन्डेशनकी शिक्षा प्रमुख तथा पाँच दिने शिक्षक अनलाइन प्रशिक्षणकी संयोजक मीखा माथेमाले भनिन्, “यतिबेला विश्व नै कोभिड—१९ को चपेटामा छ र नेपालमा यसको फैलावट कम गर्न सरकारले लकडाउन लगाएसँगै शिक्षा क्षेत्र पनि अन्य क्षेत्र जत्तिकै प्रभावित भएको छ । धेरै निजी विद्यालयहरूले भर्चुअल प्लायटफर्महरु प्रयोग गरी घरमै सुरक्षित तरिकाले आफ्ना विद्यार्थीहरूलाई पठनपाठन जारी राख्ने समाधान फेला पारेका छन् तर आधुनिक प्रविधिको एक्सपोजर नपाएका सार्वजनिक विद्यालयहरूले कठिनाइको सामना गरिरहेका छन् । यो समस्यालाई कम गर्न हामीले शिक्षकहरूका लागि ५ दिने अनलाइन तालिम ल्याएका थियौँ र हाम्रो यस यात्रामा संस्कृति स्कुल र शिक्षा विकास निर्देशनालयको सहयोगले ठुलो सफलतामा परिणत भयोे ।”

शिक्षा विकास निर्देशनालयका कार्यवाहक निर्देशक चन्द्र प्रसाद लुइँटेलले भने, “हामी सार्वजनिक र निजी विद्यालयबिचको असमानतालाई अन्त्य गर्न सधैँ काम गरिरहेका छौँ ताकि प्रत्येक बच्चाले आफ्नो भविष्य निर्धारण गर्न गुणस्तरीय शिक्षा हासिल गर्न सक्दछन् । यो महामारीको अवस्थाले हामी सबैका लागि थुप्रै चुनौतीहरू ल्याएको छ तर यसले हामीलाई आधुनिक प्रविधिको प्रयोग गरेर यस असमानतालाई अन्त्य गर्ने अवसर पनि प्रदान गरेको छ । दया फाउन्डेसन र संस्कृति स्कुलले यस अवधारणा ल्याएर सार्वजनिक विद्यालयका शिक्षकहरूलाई सुरक्षित वातावरणमा विद्यालय पुनःशुरु गर्न सहयोग पुर्‍याएकोमा म आभारी छु ।”

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक तथा पाँच दिने शिक्षक अनलाईन तालिमकी प्रमुख प्रशिक्षक दीप्ति आचार्यले भनिन्, “हामी सार्वजनिक विद्यालयलाई भर्चुअल कक्षा सञ्चालन गर्न मात्र नभएर आकर्षक तरिकाले बालबालिकाहरूलाई धेरै सिक्ने बनाउन र अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका निजी विद्यालय जाने विद्यार्थीहरू जत्तिकै फाइदा उठाउन मद्दत गर्दै शिक्षकहरूलाई प्रोत्साहन गर्ने यस पहलको हिस्सा बन्न पाउँदा निकै खुसी छौँ । यो सार्वजनिक विद्यालयको शिक्षकहरूका लागि पहिलो प्रशिक्षण थियो जसले ठुलो सफलता पायो । हामी यसलाई निकट भविष्यमा पनि निरन्तरता दिनेछौँ र मलाई आशा छ कि हामी अधिक सरकारी विद्यालयका शिक्षकहरू सम्म पुग्न सक्षम हुनेछौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *