पीसीआर कीट खरिदमा घोटालाको संकेत, कमलाई हटाएर बढी कबोल गर्नेलाई दिइयो ठेक्का

काठमाडौं। स्वास्थ्य मन्त्रालयले पीसीआर कीट खरिदका लागि बोलकबोलमा उत्रिएका कम्पनीहरूमध्ये ११ औँ नम्बरमा रहेको ओम सर्जिकललाई ठेक्का पारेको छ। मन्त्रीदेखि मन्त्रालयका अधिकारीहरूसँग मिलेमतोमा कम कबोल गर्ने कम्पनिलाई हटाएर बढि कबोल गर्ने ओम सर्जिकललाई पीसीआर कीट खरिदको ठेक्का पारिएको हो।

सामान्य अवस्थामा बोलकबोलको ११ औँ नम्बरमा रहेको कम्पनीलाई ठेक्का पार्ने सम्भावना कम रहने भए पनि स्वास्थ्य सेवा विभागले उक्त कम्पनीलाई ठेक्का पारेको हो। हाम्रो मेडी कन्सर्नले कम कबोल गरेको थियो। उसको म्यानुअल सिस्टम नभएको हटाइएको स्रोतको भनाई छ। त्यसपछि कम कबोलेको कम्पनी फेयर ट्रेडले १६ करोड ९९ लाखमा प्रस्ताव गरेको थियो। उसलाई पनि प्राविधिक कारण देखाइ फालिएको छ।

तर बोलकबोलमा २४ करोड ८१ लाख कबोल गरेर ११ औँ नम्बरको रहेको ओम सर्जिकलले भने ठेक्का पाएको छ। स्वास्थ्य सेवा विभागको यस निर्णयलाई कोरोना महामारीको समयमा कसरी कमाइ खाने माध्यम बनाइएको रुपमा चित्रण गरेको एक अधिकारीको भनाई छ। देशभर पीसीआर कीटबाट टेष्टको दायरा बढाउन दबाब बढेसँगै सरकारले पीसीआर किट खरिद प्रक्रिया शुरु गरेको थियो। तर खरिद प्रक्रियामा नीतिगत भ्रष्टाचारले प्रशय पाएको मन्त्रालयका अधिकारीहरूले भनेका छन्।

यस प्रकरणमा मन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीले प्रस्ताव मूल्यांकनका नाममा जनस्वास्थ्य प्रयोगशालाकी रुना झा सहितलाई प्रयोग गरेको स्रोतको दाबी छ। उनीहरूकै डिजाइनमा झालाई मूल्यांकन समितिमा राखी अनुकूल निर्णय गराउन दबाब दिएको विभाग स्रोतको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *