भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या
२०७७ असार ३ गते

|फाइल तस्बिर|
अर्घाखाँची । भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिले कोरोना भाइरस (कोभिड १९) परीक्षणको रिपोर्ट नआउँदै आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका ५ मा रहेको जुनेनास्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय पुरुषले आत्महत्या गरेका हुन् ।
प्राप्त जानकारी अनुसार ती युवाको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । २४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका उनको पीसीआर रिपोर्ट भने आइसकेको थिएन ।
उक्त क्वारेन्टाइनमा उनीसँगै अन्य २२ जना बस्दै आएका थिए । रातको समयमा उनले नजिकैको रुखमा तन्नाको पासो बनाइ झुन्डिएको अवस्थामा फेला परेका उनले के कारणले आत्महत्या गरे भन्ने कुरा खुल्न सकेको छैन ।
२०७७ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








