पूर्व सांसद देवराज जोशीको पहलमा स्वास्थ्य सामाग्री वितरण

बाजुरा । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद देवराज जोशीको पहलमा बाजुराको बुढीगँगा र त्रिवेणी नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बुढीगँगा नगरपालिकाको धुरालसैन स्वास्थ इकाई तथा त्रिवेणी नगरपालिका-७ मा रहेको कैलाशमाडौं स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पिपिई १-१ थान, सेनिटाइर ६-६ लिटर र सर्जिकल मास्क ५२-५२ थान वितरण गरिएको हो । नेपाल विद्यार्थी संघका नेता तपेश रावलका अनुसार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादारको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

कोरोना भाइरसको महामारीले विश्व क्रसित तथा प्रभावित भएकाले दुर्गमका स्वास्थ्यकर्मीले सामाग्रीको अभाव खेपिरहेको बेला सहयोग गरिएको पूर्व सांसद जोशीले बताए । दुर्गममा स्वास्थ्य सामाग्रीको अभावले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लगायत उच्च जोखिममा रहेकाले थोरै भएपनि सहयोग गरिएको उनको भनाई छ ।

सामाग्री वितरणमा नेपाली कांग्रेसका महाअधिबेशन प्रतिनिधि पूर्णबिक्रम सिंह, महाअधिबेशन प्रतिनिधि जनक सिंह, जिल्ला कार्यसमिति सदस्य तथा त्रिवेणी नगरपालिका वडा नम्बर ७ वडाअध्यक्ष प्रेमबहादुर थापा, बुढिगगा नगरपालिका कांग्रस सह-सभापति जयराज उपाध्याय, नेता मगल थापा, चक्र उपाध्याय, नेबिसंघ बाजुराका नेता तपेस रावललगायतको उपस्थिति रहेको छ । 

स्वास्थ सामाग्री त्रिवेणी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापा र बुढिगगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य चक्र उपाध्ययालाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *