ब्राजिलमा २४ घण्टामा थप ३४ हजार बढीमा कोरोना संक्रमण पुष्टि
२०७७ असार ३ गते

काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ३४ हजार ९१८ जनामा कोरोना भाइरस (कोभिड १) संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार १८९ पुगेको छ ।
स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८२ जनाको मृत्यु भएको छ । हालसम्म ४५ हजार २४१ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
मृत्यु र संक्रमणको मामिलामा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ । अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्टले ब्राजिललाई चेतावनी दिएको छ कि यदि कोरोनाको दोस्रो लहर पनि यहाँ आयो भने अर्थव्यवस्था ९.१ प्रतिशत भन्दा बढी मुनिको गिरावट हुन सक्छ । ओइसीडीले अनुमान लगाएको छ कि यो वर्ष ७.४ प्रतिशतको गिरावट आउनेछ ।
२०७७ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








