बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

लकडाउन, कोरोना संक्रमणको बढ्दो समस्यालगायत विषयमा छलफल हुने सचिवालय स्रोतले बताएको छ । एक मन्त्रीका अनुसार नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने छ।

यसअघि बसेको मन्त्तिपरिषद बैठकले लकडाउन खुकुलो बनाएको छ । असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। साना पसल खुल्नेदेखि जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन भएका छन्।

लकडाउनको मोडालिटी परिवर्तन सँगै बजारको भिडभाड बढ्नुका साथे कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । लकडाउन खुकुलो भएपछि संक्रमण फैलिने खतरा झन् बढ्दैगएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *