डा. देवराज घिमिरेको टिमले बाँड्यो ‘माया घर’मा औषधी

सुनसरी। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत चिकित्सक देवराज घिमिरेले निःशुल्क स्वास्थ्य शिविरसँगै औषधि वितरण गरेका छन्। डा. घिमिरे सुनसरीको इटहरीस्थित माया घर नेपालमा पुगी उनकै नेतृत्वमा करिब ५० जनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको थियो।

लकडाउनमा माया घरमा रहेका आमा बुबालाई अस्पतालसम्म लैजानको लागि असहज भएकोले माया घरमै पुगेर डाक्टरहरूले उपचार गरी सहयोग गरेको माया घरसँग आबद्ध समाजसेवी तथा व्यूटिसियन मनिता तामाङले जानकारी दिइन्। सो घरमा पुगेर डाक्टरहरूले सुगर, प्रेसर रोग, मानसिक, छाला सम्बन्धीका रोगीहरूको चेक जाँच गरी औषधी वितरण गरिएको सोही टिममा सहभागी डाक्टर अमर यासिरले बताए।

लकडाउनमा बेला माया घरले सहयोग मागेकाले आफूहरूले करिब ४० हजार बराबरको औषधी वितरण तथा ५० जनाको स्वास्थ्य परीक्षण गरेको चिकित्सक तथा युवा अभियन्ता डा. देवराज घिमिरेले बताए। डा. घिमिरेले विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन्। उनले गरिब, दुखी, पिछडा, दलित वर्गको घरमा पुगेर उपचार तथा औषधि वितरण गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *