आज असार २ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०२, २०७७ । ई.सं. 16 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । मंगलवार आषाढ कृष्णपक्ष तिथि । दशमी, ०५:३७ बजे उप्रान्त एकादशी । नक्षत्र अश्विनी, ३०:२५ बजे उप्रान्त भरणी । योग शोभन, १४:४१ बजे उप्रान्त अतिगण्ड । करण भद्रा ०५:३७ बजेदेखि वव, १८:३६ बजे उप्रान्त तैतिल । चन्द्रराशि मेष । आनन्दादि योग अमृत । दिनमान ३४।३५ । सूर्योदय ०५:१० । सूर्यास्त १९:०० । सर्वार्थसिद्धि योग ५:३७ बजेपछि ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । आर्थिक क्षेत्र विस्तारै सुधार उन्मुख हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बहुमुल्य वस्तु हात पर्ने सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमीको सहयोग प्राप्त हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *