निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षणको अनुमति

काठमाडौं। सरकारले कोरोना सङ्क्रमणको परीक्षणको दायरा बढाउन निजी प्रयोगशालाहरूलाई पनि पीसीआर परीक्षणको अनुमति दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब आवश्यक मापदण्ड पूरा गरेका निजी प्रयोगशालाहरूलाई पनि कोरोना परीक्षण दिइने बताएका हुन्।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमुना परीक्षणका लागि दिने छ। परीक्षणमा लाग्ने खर्च नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यवस्था गर्ने उनले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरेपछि कुन-कुन निजी प्रयोगशालालाई अनुमति दिने कुरा टुंगो लाग्ने जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवेदन दिएका थिए। पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिन लागेको हो।

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामाबाट गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =