थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, निकाे हुनेकाे संख्या ९७४ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमध्ये जसमध्ये ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमध्ये ९७४ जना जना उपचारपछि निको भएर फर्किसकेका छन् भने १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =