पर्सामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज। पर्सामा आइतबार थप १७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३ जना महिला र १४ जना पुरुषमा सङ्क्रमण देखिएको छ।

सङ्क्रमितहरू पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना र पटेर्वासुगौली गाउँपालिकाका २ जना रहेका छन्। यस्तै पर्सागढी नगरपालिकाका १ जना, जिराभवानी र धोबीनी गाँउपालिकाका १/१ जना छन्।

नयाँ थपिएका सङ्क्रमितहरू २० वर्षदेखि ४५ वर्ष समूहका रहेको अस्पतालले जनाएको छ। सङ्क्रमितहरू भारतबाट फर्किएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका थिए। गत २४ जेठमा उनीहरूको स्वाब सङ्कलन गरिएको थियो। सङ्क्रमितहरूलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =