सक्रिय हुँदै मनसुन, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको छ । देशको पूर्वी क्षेत्रबाट शुक्रबार अपराह्न प्रवेश गरेको मनसुनले वर्षा गराउन थालेको हो ।

पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावले मध्यमदेखि भारी वर्षा भइरहेको छ । पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरीलगायत क्षेत्रमा मनसुनी वर्षा भएको छ । अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिनेछ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ ३२ गते (आइतबार)
दिउँसोः प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश ४ र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०१ गते (सोमबार)
दिउँसोः देशभर पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०२ गते (मंगलबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *