नक्सा पारित भएको खुसीयालीमा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ । नयाँ नक्सा सांसदबाट सर्वसम्मत अनुमोदन भएको खुसीयालीमा चन्द्रागिरि नगरपालिका १ दह चोकमा नयाँ नक्सा सहित दीप प्रज्वलन गरिएको छ । नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा,राप्रपा सहित सबै राजनीतिक दलको उपस्थितिमा दह चोकको खहरेमा नयाँ नक्सा सहित मैनबत्ती बालेर दीप प्रज्वलन गरिएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सांसदबाट पारित हुनु ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज सांसदबाट बृहत्त सहमतिका साथ पारित हुनु ऐतिहासिक रूपले अत्यन्तै महत्त्वपूर्ण दिनका रूपमा रहेको चन्द्रागिरिका सबै दलका प्रतिनिधिहरू बताएका हुन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ९ गते नै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

यस्तै चितवनमा पनि युवा स्वर्ण तारा क्लबले दीप प्रज्वलन गरेका छन् । चितवन संवाददाता ध्रुवराज खनालका अनुसार चितवनमा दर्जनाैकाे संख्यामा भेला भएका युवाहरूले संसदले गरेकाे ऐतिहासिक निर्णयले नेपालकाे अतिक्रमित भूभाग फिर्ता ल्याउन सहयाेग पुग्ने बताएका थिए ।

त्यसैगरी धरानमा पनि युवाहरुले खुसीयालीमा दिप प्रज्वलन गरेका छन् । भने अब नक्सामात्रै होइन भूभाग नि चाहियो भन्दै धरानका युवाहरुले प्लेकार्ड बोकेका छन् । हाम्रा संवाददाता भरतराज शर्माका अनुसार धरानमा युवाहरूले संसदबाट दुइ तिहाइ मतका साथ नयाँ नक्सा र निशान छाप पास भएकाे खुसीयालीमा दीप प्रज्वलन गरेका छन् ।

साँझ धरानकाे भानुचाेकमा सयाैंकाे संख्यामा भेला भएका युवाहरूले नेपालकाे नयाँ नक्सा बनाएर दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन फोटो फिचर

 

 

 

 

 

  

धरान तस्विर, भरतराज शर्मा (गाेपाल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *