‘यो सबै वर्ग, जाति क्षेत्र र समुदायको साझा आकांक्षा हो’

भीम रावल
काठमाडौं । नेपालको भूमी जो भारतले अतिक्रमण गरेको छ, त्यसलाई भारतीय नक्सामा अंकित गरेर सबैभन्दा पहिला दुई असल छिमेकी विच समस्या पैदा गर्ने काम भारतले गरेको हो ।
नेपालले पहिला नक्सा प्रकाशित गरेको हैन ।

नेपालले बार्ताका लागि पटकपटक आग्रह गर्दा भारतले वेवास्था गर्यो । सचिबस्तरीय बार्ताका लागि आग्रह गनुरोध गरेको भएपनि भारतले सक्रियता देखाएन । २०५६ सालसम्म लिपुलेक र सितापुलमा नेपालका प्रहरी चौकीहरु थिए ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सालाई हाम्रो आफ्नो भूमी अंकित गरेर प्रकाशित गर्ने प्रस्ताव नेपाली जनताको देशभक्तिपूर्ण भावनाको अभिब्यक्ति हो । यो सबै वर्ग, जाति क्षेत्र र समुदायको साझा आकांक्षा हो ।

मानिसहरुको विचार, आकांक्षा र भावनाहरु फरक हुन सक्छन् । भेषभुषाहरु फरक हुन सक्दछन् । हिमालमा बस्न सक्छन् कोही, कोही तराई मधेशमा, कोही पूर्व कोही पश्चिम । जवसम्म राजनीतिक दल पार्टी र व्यक्तिले देशको सर्वोपरी हितको लागि काम गरिरहन्छ ति सबै देशभक्त हुन्छन् । त्यत्ति बेला त्यस्तो ब्यक्तिहरु माथि मात्रै प्रश्नहरु उत्पन्न हुन्छ जसले नेपालको स्वतन्त्रता, स्वाधिनता, सार्वभौम सत्ता, अखण्डता, स्वाभिमानलाई स्थापित गर्ने कुरालाई कुनै प्रस्ताब ल्याएर त्यसप्रति भ्रम सृजना गर्न खोज्छ । कसैले त्यसको विरोध गर्छ त्यस्तो प्रति मात्रै नेपाली देशभक्त जनताहरुले प्रश्न उठाउने गरेका छन् ।

त्यसकारण यहाँ भाषा, भेषभुषा, कुन ब्यक्ति कुन क्षेत्रमा बसोबास गर्छ, कुन राजनीतिक दल अनुशरण गरेको छ भन्ने कुरा प्रश्न होइन । त्यसमा सम्पूर्ण देशभक्त नेपाली जनता प्रष्ट छन् । नेकपा त्यसमा प्रष्ट छ । विभेद हुन सक्दैन ।

हामीले जुन प्रकारले हाम्रो सिमानाको कुरा उठाएका छौं, त्यो अन्तराष्ट्रिय कानुन सम्मत छ । केही समय अगाडी हाम्रो दशगजा क्षेत्र सिमानामा हाम्रा प्रहरीमाथि आक्रमण भएको छ । नेपालको बासिन्दा माथि बाहिरबाट सुरक्षाकर्मी आएर नागरिक माथि आक्रमण भएको छ । त्यस्तो कुरा मात्रै अन्तराष्ट्रिय कानुन सम्मत भएन । असल छिमेकीको निती अनुरुप भएन भनेका छौं ।

आफ्नो देशको भूभागलाई जसरी भारत या अरु मुलुकहरुले सुरक्षा गर्न तत्परता देखाउँछ । त्यसको लागि उसले पहल गर्छ, प्रयत्न गर्छ । हामीले गर्दा पनि सबै मित्रहरुले विशेष गरी भारत सरकार र भारतीयहरुले सकारात्मक रुपमा लिनु पर्दछ । प्रत्येक देशले राष्ट्रिय सुरक्षा र हितको लागि आफ्नो कानुन, आफ्नो संविधान र आफ्नो सरकारी दस्तावेजहरुमा तदनुकुल परिवर्तन गर्छ त्यहाँ स्थापित गर्छ भने नेपालले गरेको कृयाकलापलाई पनि स्वभाविक रुपमा लिनु पर्दछ ।

नेपालको संविधानको अनुसूची ३ मा लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेत समावेश गरेर संविधान संसोधन गर्दैछौं यसको राजनीतिक महत्व छ ।

यसले आजको हाम्रो पुस्ता र भोलीको आउने पुस्तालाई पनि आफ्नो भौगोलिक अखण्डताको लागि पनि दृढतापूर्वक अग्रसर हुने फराकिलो मार्ग प्रसस्त गरेको छ ।

नेपालको सार्वभौम अखण्डताको निम्ति, नेपाली भूमीको सुरक्षाका लागि नेपाली जनताले उठाएको मागलाई स्वागत गरेका छौं । आज सबै राजनीतिक दलहरुबाट भौगोलिक अखण्डताको निम्ति एक आवाज अभिब्यक्त भएको छ यो हाम्रो राष्ट्रिय आवाज हो ।

आज देशबासी गौरवान्तिक भएका छन् । तर हाम्रो अगाडी चुनौति पनि छ । हामीले हाम्रो भूभागलाई नक्सामा अंकित त गरयौं, भौगोलिक रुपमा प्राप्त गर्नको लागि, त्यहाँ हाम्रो प्रशासनिक सबै गतिविधिहरु अगाडी बढाउनको निम्ति त्यहाँ रहेका भारतीय फौजलाई तुरुन्तै फिर्ता पठाउनको लागि आगामी दिनमा कुटनीतिक कुशलता, पहलकदमी राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्छ ।

यस सन्दर्भमा हाम्रा अन्तराष्ट्रिय मित्रहरु, अन्तराष्ट्रिय संघ संस्थाहरुसँग हाम्रो देशको भावना राष्ट्रको अखण्डताको लागि कुन तथ्यको आधारमा कुन प्रमाण र अभिलेखको आधारमा यी पाइला चालेको छौं भन्ने बुझाउने गरी पाइला चाल्नु पर्दछ । बर्तमान सरकारले त्यस तर्फ पाइला चाल्नेछ ।
रावलले संसदमा संवोधन गर्दाको सम्पादित अंश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *