चतराकाे होल्डिङ सेन्टर आइपुगे कुवेतबाट फर्किएका प्रदेश एकका ९३ जना महिला

विराटनगर । कुवेतबाट स्वदेश फर्किएका एक नम्बर प्रदेशका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित होल्डिङ सेन्टरमा आइपुगेका छन् । जजिरा एयरको विमानबाट बिहिबार काठमाडौं आइपुगेका ९३ जना महिलाहरु शुक्रबार सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा आइपुगेका हुन् ।

चतराको रामानन्दाचार्य सेवापीठमा श्री पूर्वी पृतना हेड क्वाटरद्धारा तयार गरिएको प्रदेश स्तरिय होल्डिङ सेन्टरमा उनीहरुलाई राखिएको छ । कुवेतबाट नेपाल आएका महिलाहरुलाई केहि समय होल्डिङ क्षेत्रमा नै राखेर स्थानिय निकायहरुसँग समन्वय गरी आ–आफ्नो जिल्ला पठाइने पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ ।

कुवेतबाट आएका ९३ महिलाहरुमा एक नम्बर प्रदेश अन्तर्गत झापा जिल्लाका ३७ जना, सुनसरी जिल्लाका १८, मोरङका २१, इलामका ४, पाँचथरका ३, ताप्लेजुङका २, तेह्रथुमका २, धनकुटाका १, भोजपुरका १, सोलुखुम्बुका ३, र खोटाङ जिल्लाको १ जनागरी ९३ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =