सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप, एकको मृत्यु, ५ जना घाइते

वीरगञ्ज । सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो ।

शुक्रबार बिहान भएको झडपमा गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतकको पुरा परिचय भने खुलिसकेको छैन । यद्यपी प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी ले मृत्यु पुष्टि हुन बाँकी रहेकाे बताए ।

उनले मकालु खबरसँग भने, ‘७० देखि एक सय जनाको भारतीय समूह नेपाल प्रवेश गर्न खोजेका थिए । रोक्न खोज्दा भारतीय समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरे । सुरक्षाकर्मीको बन्दुक समेत उनीहरुले खोसेर लगेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको हो ।’

प्रजिअ जिसीका अनुसार मृत्यु भएकाे घोषणा गरिसकिएको छैन । झडपका क्रममा घाइते भएका पाँच जनामध्ये ३ जनाकाे अवस्था गम्भीर छ। अहिले आफ्नो हतियार प्रहरीले फिर्ता ल्याइसकेको छ । स्थिति सामान्य छ ।

यसअघि पनि लकडाउनका समय विभिन्न सिमा क्षेत्रमा झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =