डब्ल्यूएचओ भन्दछ–‘मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत’

काठमाडौं । धेरैलाई लाग्थ्यो मौसम परिवर्तनले कोरोना भाइरस निश्क्रिय हुन्छ । तर, मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा हुनै असर नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले मौसम परिवर्तन वा तापक्रम वृद्धि हुँदा कोभिड–१९ का भाइरस सक्रिय हुने नहुने कुनै असर नदेखिएको बताए । ‘ मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’ रयानले भने ।

रयानका अनुसार मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने वा तीव्र गतिले फैलिने वा नफैलिने त्यस्तो कुनै तथ्यांक अहिलेसम्म प्राप्त नभएको जनाए ।

तापक्रम बृद्धि अर्थात गर्मी सुरु भएपछि कोरोना भाइरसको संक्रमण कम हुने चर्चा चलेको थियो । तर हालसम्म भाइरसको प्रकृति हेर्दा र संक्रमण दर हेर्दा त्यो कुरा सत्य नभएको डब्ल्यूएचओले भनेको छ ।

आपतकालीन कार्यक्रमका प्रमुख रयानले कुनै देशमा स्वास्थ्य सुविधाको स्थिति निकै खराब रहेको र त्यहाँको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन् ।

पछिल्लो समय दक्षिण एशियाली देशहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण अमेरिकी राष्ट्रहरुमा कोरोना संक्रमणको बृद्धिदर उच्चस्तरमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *