आज जेठ २९ गते बिहिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग तथा राशिफल

आजकाे पञ्चाङ्ग

वि.सं. जेठ २९, २०७७ । ई.सं. 11 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् । ११४० तछलागा । प्रमादी उत्तरायण । ग्रीष्म । बिहीवार । आषाढ कृष्णपक्ष । तिथि षष्ठी, २२:४६ बजे ।उप्रान्त सप्तमी । नक्षत्र धनिष्ठा, १८:३८ बजे उप्रान्त शतभिषा । योग वैधृति, १२:४४ बजे उप्रान्त विष्कम्भ । करण गर १०:१८ बजेदेखि वणिज, २२:४६ बजे उप्रान्त वालव । चन्द्रराशि मकर ।आनन्दादि योग श्रीवत्स । दिनमान ३४।३२ । सूर्योदय ०५:०९ । सूर्यास्त । १८:५८ धनिष्ठा पञ्चक ५:५३ बजे प्रारम्भ।

आज २९ जेठ २०७७ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *