मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु, लकडाउनको नयाँ मोडालिटीबारे निर्णय गर्ने

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । आज बसेको बैठकले लकडाउनको नयाँ मोडालिटीबारे निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा लकडाउनको नयाँ मोडालिटी, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुने बताइएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

मन्त्रिपरिषदमा लकडाउन पाँच चरणमा क्रमशः खुकुलो बनाउने प्रस्ताव पुगेको बताइएको छ । उक्त प्रस्तावमाथि आवश्यक छलफल गरेर नयाँ मोडालिटी घोषणा गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =