मनसुन शुरु हुन अझै केहि दिन लाग्ने, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । नेपालमा मनसुन शुरु हुन अझै केहिदिन लाग्ने भएको छ । सामान्यतया नेपालको पूर्वी भु-भागमा आजकै दिन अर्थात जुन-१० मा मनसुन सुरु हुने भएपनि यसवर्ष केहि दिन ढिला गरी मनसुन शुरु हुनेभएको हो ।

हाल नेपालमा स्थानीय, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । यी प्रणालीको प्रभावले देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ २८ गते (बुधबार)
दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २९ गते (बिहिबार)
दिउँसोः प्रदेश १, प्रदेश नं २ बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली साथै बांकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश नं २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

जेठ ३० गते (शुक्रबार)
दिउँसोः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *