आज जेठ २८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ २८, २०७७ । ई.सं. 10 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । बुधवार आषाढ कृष्णपक्ष । तिथि पञ्चमी, २१:५७ बजे उप्रान्त षष्ठी । नक्षत्र श्रवण , १७:१४ बजे उप्रान्त धनिष्ठा । योग ऐन्द्र, १३:११ बजे उप्रान्त वैधृति । करण कौलव ०९:४४ बजेदेखि तैतिल, २१:५७ बजे उप्रान्त भद्रा । चन्द्रराशि मकर । आनन्दादि योग छत्र । दिनमान ३४।३१ । सूर्योदय ०५:०९ । सूर्यास्त १८:५८ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, कर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । नयाँ कार्यको योजना रोजगारको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी मायाँ एवं समझदारी कायम रहनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *