‘बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा संमृद्धि आउन सक्दैन’

विराटनगर । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा मात्रै भएको प्रदेश १ को प्रदेशसभाका प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताएका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रम माथि छलफलमा बोल्दै प्रमुख सचेतक कार्कीले सरकारको नीति तथा कार्यक्रमलाई बुख्याँचा जस्तो भएको बताए ।

‘सरकार सेटलाइट सिटी र सहरको विकासको कुरा गर्छ तर गरिबका झोपडीसम्म विकासका कार्यक्रम लैजान खोज्दैन । बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा संमृद्धि आउन सक्दैन ।’ कार्कीले भने ।

उनले गाउँमा फाटेको चप्पल र भोटो लगाउने नागरिकका लागि सरकारले वास्ता नगरेको जिकिर गरे । प्रदेश सरकारले विगतमा ल्याएका कार्यक्रम पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको कार्कीको ठहर छ ।

उनले संसदमा पट्यारलाग्दो घण्टौं लामो भाषण गरी ल्याइएको नीति तथा कार्यक्रम कसरी कार्यान्वनय हुन्छ भन्दै सरकारलाई प्रश्न गरे । कार्कीले नीति तथा कार्यक्रमले अहिलेको संकटबारे खासै उल्लेख नगरेको पनि जिकिर गरे ।

सचेतक कार्कीले बर्तमान सरकारले पेश गरेको नीति था कार्यक्रममा नयाँ नारा थप्ने र परिस्कृत गर्दै लैजाने कामबाहेक केही नभएको तर्क गरेका छन् । साथै उल्लेखित योजनाहरूलाई बजेटमार्फत् व्यवहारमा कार्यान्वयन गर्न सरकार असफल भएको दावि गरे । उनले हरेक वर्ष नीति तथा कार्यक्रम आएपनि कार्यान्वयनको पक्ष फितलो रहेको चर्चा गरेका छन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *