आज जेठ २७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ २७, २०७७ । ई.सं. 09 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । मंगलवार आषाढ कृष्णपक्ष । तिथि चतुर्थी, २१:३८ बजे उप्रान्त पञ्चमी । नक्षत्र उत्तराषाढा, १६:२० बजे उप्रान्त श्रवण । योग ब्रह्म, १४:०३ बजे उप्रान्त ऐन्द्र । करण वव ०९:४० बजेदेखि वालव, २१:३८ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग मानस । दिनमान ३४।३० । सूर्योदय ०५:०९ । सूर्यास्त १८:५७ । मंगल-चौथी व्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगपनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । केहि मालसामान हराउनपनि सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोगपनि पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको कामबाट सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *