न्याय सेवाका दुई सहसचिवको सचिवमा बढुवा, दर्जनौँ कर्मचारीको सरुवा(निर्णयसहित)

काठमाडौँ । दुई सहसचिवलाई सचिवमा बढुवा गरिएको छ । सोमबार बसेको न्याय सेवा आयोगको बैठकले नेपाल न्याय सेवा तर्फका सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) द्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) मा बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयमा कार्यरत सापकोटालाई सचिवमा बढुवासँगै सत्य निरूपण मेलमिलाप आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका सचिवले अनिवार्य अवकाश लिएसँगै न्याय सेवाका रिक्त दुई सचिव पदमा वरिष्ठ दुई सहसचिवको बढुवा भएको हो ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा ऋषि राजभण्डारीको सरुवा भएको छ । भण्डारी सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयका सचिव हुन् । आयोगको बैठकले विभिन्न तहका दर्जनौँ कर्मचारीको सरुवा, बढुवा नियुक्ति एवं पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

निर्णय :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *