मेसीको स्वास्थ्यमा कुनै समस्या छैन : प्रशिक्षक सेटिन

काठमाडौँ । बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले कप्तान लियोनेल मेसीको स्वास्थ्यमा अहिले कुनै समस्या नरहेको बताएका छन् । लिग पुनः शुरु हुने पूर्वसन्ध्यामा मेसीलाई सामान्य समस्या रहेपनि अहिले पूर्णरुपमा ठिक रहेको उनले बताएका हुन् ।

यसअघि बार्सिलोनाले मेसीको मांसपेशीमा खिचाव आएका कारण सामान्य समस्या देखिएको र उनले अलग्गै प्रशिक्षण गरेको बताएको थियो । प्रशिक्षणको क्रममा मांशपेशीमा सामान्य समस्या आउने र यो ठूलो विषय नभएको सेटिनले बताए ।

मेसीले अहिले मुख्य टिमसँग प्रशिक्षणमा फर्किएर प्रशिक्षण थालेका छन् भने अर्का खेलाडी लुइस स्वरेजको इन्जुरीपछिको पुनरागमनले क्याम्प नाउमा खुशी छाएको छ । मेसीले यस सिजनमा लिगमा १९ गोल गर्दै शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *