क्रिएशन र कोका—कोलाको जारी राहत वितरणमा जोडिए दयाहाङ राई

 

 

काठमाडौँ । क्रिएशन नेपालले द कोका—कोला फाउन्डेसनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको पनि उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रम क्रिएशन र द कोका—कोला फाउन्डेसनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ जारी छ ।

उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २८७ सफाईकर्मी माझ पुगी लाभान्वितहरूलाई गुणस्तरीय राशन प्याकेजहरू, औषधि, जागरूकता सामग्री र ग्लब्स, बुट, पीपीई समावेश गरिएको रक्षात्मक सामग्री प्रदान गरेका थिए । यसका साथै चिकित्सक परामर्श र सामान्य स्वच्छता जागरूकता पनि प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रम टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरूमा पार्टनरहरू रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रूपमा जेठ २ गतेबाट सुरु भएको हो । हालसम्म १५ वटा राहत कार्यक्रम सम्पन्न गरी १४०० भन्दा बढी सफाईकर्मीहरुलाई राहत वितरण गरिसकिएको छ । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरू वितरण गरिएको थियो । जहाँ ७१०० भन्दा बढी लाभान्वित भइसकेको बताइएको छ । यसका साथै ४५० वटा रक्षात्मक सामग्री वितरण गर्नुका साथै जागरूकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो ।

यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पुर्‍याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रूपमा सुरु गरिएको हो । यो परियोजनाले काठमाडौँ, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीलाई उथानमा मदत पुर्‍याउने छ ।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “हामी अर्को एक साताका लागि अधिक सफाईकर्मी, हाम्रा पर्यावरण नायकहरूलाई सहयोग गर्न सक्षम हुँदा सविनय महसुस गर्दछौँ । हामी यो परियोजनामार्फत धेरै भन्दा धेरै सफाईकर्मीहरु माझ पुग्न निरन्तर कोसिस गरिरहेका छौँ र सकेसम्म हाम्रो सहयोगलाई अझ विस्तार गर्ने आशा गर्दछौँ ।”

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हाम्रो र वातावरणको सेवामा समर्पित अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई हामी कृतज्ञता र आभार प्रकट गर्दछौँ र क्रिएशनको साथ हामी उनीहरूको सुरक्षा र स्वास्थ्य प्राथमिकतामा रहेको सुनिश्चित गर्न चाहान्छौं । यस साता हाम्रो राहत कार्यक्रमलाई सहयोग गर्न हामीसँग दयाहाङ राईको उपस्थितिले हामी खुसी छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *