अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी सक्रियः अवैध १५ लाख नगद बरामद

बारा । बारास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले अवैध १५ लाख नगद बरामद गरेको छ । बिहान चार बजेको समयमा बारा सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै आएका व्यक्तिबाट शसस्त्रले सो अवैध रकम बरामद गरेको हो ।

सिमा नाकामा हुने अबैध चोरि निकासी नियन्त्रण गर्ने क्रममा २४ गते ती व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रुपमा अन्दाजी ३३,०५० मूल्य बराबरको रेडिमेड फेन्सी कपडा र नगद नेपाली रुपैयाँ १५ लाख नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपि गोलागञ्जबाट सशस्त्र प्रहरी निरिक्षक कबिर मल्लको कमाण्डमा खटिगएको टोलीले सो रकम बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ सामान र नगद पैसा सोही स्थानमा छाडी व्यक्ति भारततर्फ भागेका छन् ।

सशस्त्र प्रहरी बल न.१२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीलाई त्यस ईलाकातर्फ गस्ती गर्न पठाएको र सामान सहित रकम फेला पार्न सफल भएको दाबी गरे । नियमानुसार उल्लेखित रकम सम्बन्धित कार्यालयमा बुझाईने पनि उपरिक्षक सुबेदीले बताए ।

यसअघि पनि सशस्त्र प्रहरीले सिमरौनगढ ईलाकाबाट एक लाख नक्कली नेपाली रुपैया सहित ब्यक्ती र सिमरा जितपुर ईलाकाबाट १२ लाख स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिकलाई नियन्त्रणमा लीई कारबाही प्रकृया अगाढी बढाएको थियो । तीन दिन अघी मात्रै बारा जिल्लाकै बिस्रामपुर गाउपालिका क्षेत्रबाट ठुलो परिमाणमा लागु औषधसहित ब्यक्ती पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल न. १२ गण बाराले कोभिड १९ नियन्त्रणको लागि बारा जिल्लामा सात वटा बिओपी बाट १७ फरवार्ड पोस्ट निर्माण गरी कार्य गर्दै आएको छ । लकडाउन कार्यान्वयनको क्रममा बारा जिल्लामा सशस्त्र प्रहरी बलको परिचालन मजबुत तथा सिमानाकामा भएको कडाइको परिणाम स्वरुप यस्ता गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरी बलले सफलता प्राप्त गर्न सफल भएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =