प्रहरीमा कोरोना संक्रमण बढ्दोः संक्रमित प्रहरीको संख्या ३३ पुग्दा १४ जना डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित प्रहरीको संख्या ३३ पुगेको छ । जसअनुसार कपिलवस्तुमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकाका ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीमध्ये १४ जना प्रहरी उपचारपछि संक्रमणमुक्त भएर काममा फर्किसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *