शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालभर थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८६ पुरुष र ३७ महिलामा कोरोना संक्रमण देखिएको हो। यससँगै नेपालममा कुल संक्रमितको संख्या ३२३५ पुगेको छ।

संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन्। त्यस्तै, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो विवरण अनुसार कोरोनालाई जितेर विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन्। हालसम्म देशभरबाट कुल ३ सय ६५ जना डिस्चार्ज भएका छन्। जसमध्ये २ सय ९९ जना पुरुष रहेक छन् भने ६६ महिला रहेका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार शनिबारसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ नुमना परीक्षण गरिएको छ। १ लाख ३७ हजार ४ सय ३५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।

हालसम्म कोरोना भाइरसको आंशकामा पीसीआर विधिबाट ९२ हजार ४७७ वटा नमुना संकलन गरेर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ। हाल सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३८ जना रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *