धनगढीका एक कोरोना सङ्क्रमितलाई काठमाडौं रेफर

धनगढी। सेती प्रादेशिक अस्पतालले एक जना कोरोना सङ्क्रमितलाई काठमाडौं रेफर गरेको छ। धनगढी उप–महानगरपालिका- ५ का ५१ वर्षीय कोरोना सङ्क्रमितलाई काठमाडौं रेफर गरिएको हो।

उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको उपचारमा संलग्न डाक्टर नीराजन दत्त शर्माले जानकारी दिए। सङ्क्रमितलाई शुक्रबार राति साढे १० बजे टिचिङ अस्पताल काठमाडौंमा रेफर गरिएको अस्पतालले जनाएको छ।

उनमा निमोनिया र मिर्गौलामा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। केही दिनअघि भारतबाट आएका उनमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

बुधवार उनीसहित सुदूरपश्चिममा अन्य ५ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *