नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि
२०७७ जेठ २४ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं। डोल्पामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए। होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो। त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो।

२०७७ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








