क्वारेन्टाइनमा बसेका युवकको अस्पतालमा मृत्यु

भरतपुर। क्वारेन्टाइन बसेका एक जनाको चितवन स्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। जिल्लाको माडी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २७ वर्षीय पुरुषको भरतपुर अस्पतालको आईसीयूमा शनिवार बिहान मृत्यु भएको हो।

उनी दुई साता अघि भारतबाट आएका थिए। उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि शुक्रवार दिउँसो भरतपुर अस्पताल ल्याइएको थियो। उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि कोभिड आईसीयूमा भर्ना गरिएको थियो।

कोरोनाको कारण मृत्यु भए-नभएको यकिन गर्न अहिले परीक्षणका लागि उनको स्वाब निकाल्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *