परोपकार अस्पताललाई हिमानी कोषदवारा कोरोना स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । हिमानी कोषले आज इन्द्र राज्य लक्ष्मी देवी परोपकार अस्पताल (प्रसुती गृह) थापाथलीलाई कोरोना सुरक्षा सामग्री प्रदान गरेको छ ।

कोषले परोपकार अस्पताललाई २०० थान पिपिई, २०० थान एन ९५ मास्क, २०० थान ग्लोब्स र २०० थान स्यानिटाईजर प्रदान गरेको छ ।

यसैगरी नेपालको पश्चिमी नाका गौरीफन्टाको लागी १०० थान पिपिई, २५०० थान सर्जिकल मास्क, २५०० थान ग्लोब्सका साथै १५०० कार्टुन पानी र १०,००० वटा साबुनको लागी आवश्यक रकम हस्तान्तरण गरेको छ ।

यसैगरी कोषले नेप्सेम्याक नामक फोहोरमैला संकलन केन्द्रलाई १० थान पिपिई, १०/१० थान सर्जिकल मास्क र युटिलिटि ग्लोब्स सहितको सामगी प्रदान गरेको छ ।

सामाजिक क्षेत्रमा सक्रिय हिमानी कोषले पछिल्लो समय कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारमा स्वास्थ्य सामग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *