नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षकमा बढुवा (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी तर्फ ७३ प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गर्न प्रहरीको बढुवा समितिले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय अन्र्तगत बढुवा समितिको २३ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रहरीले जनाएको छ । बढुवा हुने ७३ जनामा सबै भन्दा बढि अंक राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा दरवन्दी भएका प्रहरी नायव निरीक्षक गणेशराज उप्रेतीले प्राप्त गरेका छन् । १०० पूर्णाङ्कमा ९४.८७५० अंक प्राप्त गरेका छन् ।

दोस्रो नं.मा जिल्ला प्रहरी कार्यालय उदयपुर दरवन्दी रहेका प्रहरी नायव निरीक्षक गोविन्दलाल कर्ण रहेका छन् । उनले ९४.८००० अंक ल्याएका छन् । तेस्रो हुने महानगरीय प्रहरी परिसर दरवन्दी भएका रुद्रराज कंडेलले ९४.८४७५ अंक ल्याएकाे बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनाएका छन् ।

कोको प्रहरी निरीक्षकमा बढुवा भए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *