भजन कृतनमा मग्न छन् कृष्णभक्त जाेडी अनमाेल र सुहाना, लकडाउनपछि ‘ए मेरो हजुर ४’

काठमाडौँ । लकडाउनका कारण रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन लकडाउन सकिएलगतै सुरु हुने भएको छ । निर्माण टिमले यसबारे जानकारी दिएको हो ।

नायिका झरना थापाद्वारा निर्देशित प्रेम कथामा आधारित चलचित्र ‘ए मेरो हजुर’  निकै रुचाइएपछि सिक्वेल ३ सम्म उक्त टाइटलमा चलचित्र बनिसकेको छ । सिक्वेल ३ मा नायकको रुपमा भुवन केसीका छोरा अनमोल केसी र नायिकाको रुपमा झरनाकी छोरी सुहाना थापाको अभिनय रहेको थियो । यसले पनि राम्रै व्यापार गरेको थियो ।

नायिका सुहाना थापाको  ‘ए मेरो हजुर ३’  डेब्यु चलचित्र हो । यसबाट उनले दर्शकको अत्यधिक माया मात्र पाइनन्, डेब्यू फिल्ममै अवार्ड पनि पाइन् । ‘ए मेरो हजुर ४’ की निर्माता नायिका झरना थापाले ‘ए मेरो हजुर ४’ अन्य कथा भन्दा फरक र भब्य बन्ने अपेक्षा गरेकि छिन् ।

अब यसैको सिक्वेल ४ बन्न लागेको ४ को कथा पनि प्रेममै आधारित हुने बताइएको छ । अब बन्न लागेको  ‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहाना नै रहने छन् । अनमोल र सुहाना धर्मकर्ममा एकदमै विश्वास राख्ने जाेडी हुन् । दुबै जना शाहकारी पनि हुन् ।

यसैबिच अनमोल र सुहानाले जेष्ठ २० गते बुढानिलकण्ठको हरे कृष्ण मन्दिरमा गएर भजन कृतन पनि गरेका छन् । अनमोल मन्दिरमा गितार बजाउँदै भजन कृतनमा सहभागी भए । उनीहरु दुबैले एकादशीको अवसरमा व्रत बसेर कृष्ण मन्दिरमा पूजाआजा गरेका थिए । सो समय उनीहरुले मन्दिरमा केही विरुवाहरु समेत रोपेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *