अप्रेसन अघि बालकमा कोरोना देखिएपछि वीपी प्रतिष्ठानमा तनाब

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका बालकमा कोरोना पोजेटिभ पुष्टि भएपछि प्रतिष्ठानमा त्रास उत्पन्न भएको छ ।

करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा रहेका बालकको अप्रेसन अघि पिसिआर परीक्षण गरीएकोमा कोरोना पोजेटिभ देखिएपछि सो वार्डमा रहेका अन्य विरामीसँगै उपचारमा संलग्न चिकित्सकहरु पनि त्रासमा रहेका छन् ।

अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएको हो । त्यसअघि बालकलाई पेडियाट्रिक इर्मजेन्सीमा पनि उपचारमा लगिएको थियो । थाई फ्रयाक्चर भएका ती बच्चाको अप्रेशन गर्नुपर्ने भएपछि पिसिआर जाँच गरिएकोमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।

१० दिनदेखि वार्डमा रहेको बालकमा कोरोना पोजेटिभ देखिएपछि ती बालकको उपचारमा को–को चिकित्सक, नर्सहरु संलग्न थिए ट्रेसिङको काम भइररहेको छ । भने उनलाई भेट्न आउने आफन्त, कुरुवाहरुको पनि ट्रेसिङ भइरहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले मकालु खबरलाई बताए ।

‘वीपी प्रतिष्ठान कोभिड–१९ लेवल तीन अस्पताल भएकोले यस्ता केसहरु भइरहन्छन् । तथापि, हामीले ती बालकको सम्पर्कमा रहेका सबैको ट्रेसिङ गर्न शुरु गरेका छौं ।’ डा. सापकोटाले भने ।

विरामीको उपचारमा संलग्न चिकित्सक, नर्सहरुले विश्वस्वास्थ्य संगठनले लागू गरेको स्वास्थ्य सुरक्षा अपनाएर उपचार गर्ने ब्यवस्था गरीएकोले त्यस्तो ठूलो जोखिम नरहेको बताए । ‘उपचारको फ्रन्ट लाइनमा खटिने चिकित्सक, नर्सहरुमा जोखिम रहेपनि हामीले डब्लुएचओको मापदण्ड अनुरुप सुरक्षाका साधान अपनाएका छौं । आवश्यक परे उहाँहरु (चिकित्सक, नर्स) को समय पिरिआर लिन्छौं ।’ उनले भने ।

प्रवक्ता सापकोटाले कोरोना पोजेटिभ देखिएका बालकका सम्पर्कमा आएका उनका आफन्त र कुरुवाहरुको ट्रेसिङ शुरु भएको जानकारी दिए । वार्डमा आवतजावत बन्द गरेर विरामीलाई राती नै आइसोलेसन वार्डमा सिफ्ट गरिएको छ भने, वार्डलाई डिस्इन्फेक्ट गरिने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *