‘निसर्ग’ चक्रवातको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अरब सागरमा बनेको ‘निसर्ग’ नामको चक्रवातको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहानैदेखि देशभरको मौसम बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो चक्रवातको प्रभाव नेपालमा आगामी दुई दिनसम्म जारी रहने छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा वर्षा भैरहेको छ । दिउँसो प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

यो चक्रवाको कारण वर्षा भइरहेको र चट्याङ र हावाहुरीको समेत सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले नागरिकमा अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ २३ गते (शुक्रबार)
दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,२,५, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सु.प. प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जेठ २५ गते (आइतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ  । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *