कोसी अस्पतालकी मेसु डा. मिश्र परोपकार आउँदा डा. गौतम मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी डा. संगीता मिश्रलाई दिएका छन् ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयमा तानेर कोसी अस्पतालकी मेसु डा. मिश्रलाई परोपकार ल्याइएको हो ।

मन्त्री ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा डा. मिश्रलाई प्रसूति गृहको जिम्मेवारी दिएका हुन् । यता कोसी अस्पतालको मेसुको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *